सभामुख सापकोटा आईपीयूको सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटा आईपीयूको सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४३औँ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरेका छन् ।

सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ८स्५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन प्रस्थान गरेका छन् ।

सभामुखसँग प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी, राष्ट्रिय सभा सदस्य प्रमीलाकुमारी र अगमप्रसाद वान्तता राई पनि गएका छन् ।

यसै गरी प्रतिनिधिमण्डलमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के।सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् ।

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) र स्पेनको संसद्को आयोजनामा यही मङ्सिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा १४३औँ आईपीयू सम्मेलन हुँदै छ । सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरका दिन बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामुखको टोली सम्मेलन सकेर यही मङ्सिर १६ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस