लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मृत्यु भुक्तानी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लगानी कोषद्धारा रु एक करोड ६८ लाख कोभिड मृत्यु भुक्तानी


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ ।

कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ ।

कोषले हालसम्म कोभिडबाट मृत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तान्तरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस