काठमाडौँ । गरिमा विकास बैङ्क १५ वर्षमा प्रवेश गरेको छ।
बैङ्कले आफ्नो वार्षिकोत्सवका अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। सो अवसरमा बैङ्कको केन्द्रीय कार्यालय, कुमारी पाटी, सभागृह, बेनी, वालिङ, बुटवल, सुनवल, नारायणगढ, कावासोती, वीरगन्ज लगायत २१ शाखामा बृहत् रक्तदान कार्यक्रम राखिएको बैङ्कले विज्ञप्तिमा उल्लेख गरेको छ।
ओम हस्पिटल एन्ड रिसर्च सेन्टर काठमाडौँमा भएको रक्तदान कार्यक्रमबाट ११ सय ५५ प्वाइन्ट रगत सङ्कलन भएको बैङ्कले विज्ञप्तिमा उल्लेख गरेको छ।
वार्षिकोत्सवकै अवसर पारेर बैङ्कले पाँच वटा नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ। बैङ्कले मोरङको पथरी, सुनसरीको झुम्का, सातदोबाटो, माछा पोखरी र गुलरिया शाखा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ ।







