झापामा माओवादीको महाधिवेशन गरेर देखाउन अध्यक्ष दाहाललाई ओलीको चुनौती « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

झापामा माओवादीको महाधिवेशन गरेर देखाउन अध्यक्ष दाहाललाई ओलीको चुनौती


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् ।

चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् ।

चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौँबाट लड्नु भयो ,काठमाडौँमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने, ओलीले भने, उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस