३२ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३२ अङ्कले घट्यो नेप्से


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ३२.२९ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै नेप्से २७३३ अङ्कमा कायम भएको छ ।

कुल ४ अर्ब १६ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढी हो । सोमबार ३ अर्ब ९२ करोडको कारोबार भएको थियो ।

अन्य बाहेकका सबै उपसमूह घटेका छन् । नेपाल टेलिकमको मूल्य बढ्दा सो उपसमूह १९ अङ्कमा हरियो रह्यो ।

बैङ्किङ १५, व्यापार ४५, होटल तथा पर्यटन ९३, विकास बैङ्क ११९, जलविद्युत ७५, फाइनान्स ८८, निर्जीवन बीमा २०१, उत्पादन १०१, माइक्रो फाइनान्स ५६ र जीवन बीमा उपसमूह १८९ अङ्कले घटे ।

१४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७१ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो ।

त्यस्तै नेपाल टेलिकमको मूल्य प्रतिकित्ता ३६ रुपैयाँ ८० पैसाले बढेको छ । आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.८ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस