एमालेको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेको स्थायी कमिटी बैठक जारी


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित छ ।

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने बैठकको प्रमुख एजेण्डा छ । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस