आज सुन प्रतितोला एक हजार ६०० ले घट्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज सुन प्रतितोला एक हजार ६०० ले घट्यो


७ मंसिर २०७८, मंगलबार


सुन

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको छ ।

अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस