२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगरका कर्मचारीद्वारा वृत्तिविकासको माग गर्दै ज्ञापनपत्र

अ+ अ-

गण्डकी । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न पाँच बुँदे माग राख्दै उनीहरुले एक हप्ताभित्र आफूहरूका मागका सम्बन्धमा सुनुवाइ नभए आन्दोलनमा उत्रने चेतावनी ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

स्थानीय सरकारका रूपमा रहेको महानगरले आफैँले कानुन बनाएर कार्यान्वयन गर्न सक्ने भए पनि कर्मचारीको समस्याका सम्बन्धमा उदासीन बनेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।

महानगरपालिका संयुक्त कर्मचारी समितिका अध्यक्ष इन्जिनियर झपटबहादुर थापाको नेतृत्वमा विभिन्न कर्मचारी सङ्घ–सङ्गठनका प्रतिनिधिसहितको टोलीले कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिका अध्यक्ष थापाका अनुसार सरकारले कर्मचारी समायोजन ऐन बनाएर निजामती सेवातर्फका कर्मचारीलाई दुई तह वृद्धि गरी स्थानीय तहमा पठाएको उल्लेख गर्दै, लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम परीक्षा प्रणालीमा उत्तीर्ण भई कामकाज गरेका स्थानीय तहका कर्मचारीलाई विभेद गरिएकोतर्फ ध्यानाकर्षण गराएको हो ।

महानगरले कानुन बनाएर स्थानीय तहका कर्मचारीको व्यवस्थापन नगर्दा १५ वर्षदेखि बढुवा रोकिँदा कर्मचारी मर्कामा परेका छन् । यसै गरी २०६४ असोज मसान्त अगाडि अस्थायी र करारमा नियुक्त भएका कर्मचारीको सम्बन्धमा अदालतले गरेको परमादेश कार्यान्वयन गर्नसमेत कर्मचारीले माग गरेका छन् ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । विगतमा कार्यालयले कर्मचारी सञ्चय कोष, महँगी भत्ता, पोसाक भत्तालगायतमा गरेको व्यवस्था कायम गर्नसमेत माग गरिएको छ ।

अस्थायी, करार र ज्यालादारी कर्मचारीको सेवा सुनिश्तितापछि मात्रै नयाँ दरबन्दी सिर्जना गरी कर्मचारीको भर्ना प्रक्रिया अघि बढाइनुपर्ने र अन्यत्रबाट महानगरमा जथाभाबी कर्मचारी ल्याउने काम बन्द गरिनुपर्ने माग कर्मचारीको छ ।

कर्मचारीले महानगरको कर तथा राजस्वलाई करमैत्री बनाइनुपर्ने, सेवा प्रवाहलाई नागरिकमैत्री एवं बेरुजु र बेथितिको सुधार गर्दै सुशासनमैत्री बनाउन तत्काल कार्ययोजना बनाइनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिकामा गाभिएपछि लेखनाथ नगरपालिका र विभिन्न गाविस एवं उपमहानगरसमेतका गरी स्थायी, अस्थायी, करार र ज्यालादारी गरी झन्डै ५०० कर्मचारी स्थानीय तहतर्फ कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस