दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्युजिक एन्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको घोषणा गरेको हो ।

यो चलचित्रबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिका एलिजा गौतम रहेकी छन् । आरजे म्युजिक एन्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् ।

आगामी माघबाट ‘घुइँचो’को छायाङ्कन गर्ने निर्माण कम्पनीले जनाएको छ ।

यस्तै अभिनेत्री एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् ।

यो चलचित्र जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा बन्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस