रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते


७ मंसिर २०७८, मंगलबार


रौतहट । रौतहटस्थित गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गए राति १२ बजे बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरीत दिशाबाट आइरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको हो ।

दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी वृन्दावन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छन् ।

घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि वीरगन्ज पठाइएको र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस