सिँचाइ प्रणालीको सुधार गर्नुपर्छ : मन्त्री भूसाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिँचाइ प्रणालीको सुधार गर्नुपर्छ : मन्त्री भूसाल


६ मंसिर २०७८, सोमबार



चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने बताएकी छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुर कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र कृषि भएकाले यसको महत्वपूर्ण पाटो सिँचाइ रहेको उल्लेख गरिन्।

कृषकलाई सुविधा दिने गरी काम गर्न निर्देशन दिँदै मन्त्री भूसालले सरकारको नीति खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउनु रहेको बताए । उनले भनिन्, ‘सतह वा भूमिगत जे होस् । सिँचाइ हुनुपर्‍यो ।’

कार्यक्रममा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले कार्यालयले गर्ने कामबारे जानकारी गराएका थिए । कार्यालय भरतपुरमा खुलेसँगै जिल्लाका कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस