नेप्से परिसूचक ७.९ अङ्कले बढ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक ७.९ अङ्कले बढ्यो


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २७६५ अङ्कमा कायम भएको छ ।

परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । जम्मा ३ अर्ब ९२ करोडको सेयर कारोबार भयो । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको थियो ।

बैङ्किङ उपसमूह २, व्यापार १५, होटल तथा पर्यटन १४९, जलविद्युत १०, निर्जीवन बीमा ९९ र अन्य उपसमूह २७ अङ्कले बढे । विकास बैङ्क ३४, फाइनान्स २३, उत्पादन २४, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह ७ अङ्कले घटे ।

कुल ९४ कम्पनीको मूल्य बढ्दा ८४ कम्पनीको मूल्य घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मानुषी लघुवित्त र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको हो ।

कर्पोरेट डेभलपमेन्टको मूल्य सबैभन्दा धेरै ३.७ प्रतिशतले घट्यो । महालक्ष्मी विकास बैङ्कको सबैभन्दा बढी ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस