एमाले स्थायी कमिटी बैठक भोलि ११ बजेसम्मका लागि स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले स्थायी कमिटी बैठक भोलि ११ बजेसम्मका लागि स्थगित


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) बोलाइएको नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलि (मंगलबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार बिहान ११ बजेका लागि सारिएको जानकारी दिएका हुन् ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने विषय पनि बैठकको एजेन्डा रहेको उनले जानकारी दिए ।

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस