दाङ। प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ३१ वर्षीय महेश खडकासहित दुई जना रहेका छन् ।
उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गडुवाबाट १ थान बाघको छालासहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा २ प २६६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट बाघको छाला बरामद गरेको हो ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







