अब काठमाडौँदेखि बेंग्लोर,मुम्बई र बनारस उडान सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब काठमाडौँदेखि बेंग्लोर,मुम्बई र बनारस उडान सुरु


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । २०७६ साल चैतबाट रोकिएको काठमाडौँदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको छ ।

भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भइरहेका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो ।

लकडाउनका कारण बन्द भएका उडान अब दुवै देशको अनुमति प्राप्त निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्न पाउने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस