एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको हो । महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुनेछ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिहरुको नाम पेश हुनेछ । त्यसमाथि छलफल गरेर बैठकले अनुमोदन गर्नेछ ।

प्रस्ताव भएका नामहरू आजै अनुमोदन नभए अर्को बैठकले अनुमोदन गर्नेछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस