मुलुकको ठुलो परिवर्तनमा काँग्रेसको नेतृत्व : उपसभापति निधी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुलुकको ठुलो परिवर्तनमा काँग्रेसको नेतृत्व : उपसभापति निधी


५ मंसिर २०७८, आइतबार


ढल्केवर। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकको ठुला परिवर्तनहरुमा काँग्रेसको नेतृत्व रहँदै आएको बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (आइतबार) जनकपुरधाम नगर अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताए।

उपसभापति निधिले काँग्रेसको अगुवाइमा नै मुलुकमा सङ्घीयता, गणतन्त्र, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षतासहितको संविधान निर्माण भएको बताउँदै यसमा समयसापेक्ष परिमार्जन गरेर सबैको माग सम्बोधन हुँदै जाने बताए ।

काँग्रेस महाधिवेशन सफल बनाउन सकभर काँग्रेसका सबै तहको नेतृत्व सर्वसम्मत गर्न जिल्ला तथा क्षेत्रका नेता कार्यकर्तालाई आग्रह गरे । मुलुकमा शान्ति, विकास तथा समृद्धिका लागि पनि काँग्रेसको १४ औँ महाधिवेशनलाई सफल बनाउन आवश्यक रहेको उनले चर्चा गरे ।

उपसभापति निधिले मुलुकमा भएको विकृति एवं विसङगतिको अन्त्य गर्न काँग्रेसका नेता तथा कार्यकर्ता शासक नभई सेवकको रुपमा कामकाज गर्न आवश्यक भएको सुझाव दिए ।

काँग्रेसका नेता एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले काँग्रेस महाधिवेशनले काँग्रेस नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा थपिएको बताए ।

काँग्रेस जनकपुर नगरसभापति मनोजकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभाका सदस्य स्मृतिनारायण चौधरी सहितका नेताहरुले बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस