यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी


५ मंसिर २०७८, आइतबार


साना । यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ ।

हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको बताए । यहाँको सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ । ती विद्रोहीहरुले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् ।

उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरुमा विभिन्न क्षेत्रका विमानस्थलहरु पनि रहेको बताएका छन् । हुथीहरुले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए ।

उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन् ।

शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन् । उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन् । शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन ।

इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरुले गरेको सो हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीहरुको टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस