नेप्से परिसूचक ११.६ अङ्कले घट्यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्से परिसूचक ११.६ अङ्कले घट्यो


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ११.६ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २७५७ अङ्कमा कायम भएको छ ।

यस दिन कुल ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत र उत्पादनबाहेकका सबै उपसमूह घटेका छन् ।

जलविद्युत १३ र उत्पादन उपसमूह ९६ अङ्कले बढे । बैङ्किङ ५, व्यापार ५८, होटल तथा पर्यटन ५०, विकास बैङ्क ६, फाइनान्स १९, निर्जीवन बीमा ६४, अन्य ३८, माइक्रो फाइनान्स १७ र जीवन बीमा उपसमूह १४० अङ्कले घटे ।

समग्र बजार घट्दा ६२ कम्पनीको मूल्य बढ्यो । ११५ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको स्थिर रह्यो । दुई कम्पनीहरु नारायणी डेभलपमेन्ट बैङ्क र मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस