युद्धकालका कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौँ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युद्धकालका कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध छौँ : अध्यक्ष प्रचण्ड


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धका बेला भएका कमजोरीहरुको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डले वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भनेका छन्, ‘आजसम्मका राजनैतिक उपलब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ ।’

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भए पनि सो समयमा घटेका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरुलाई परिपूरण गर्न अझै बाँकी रहेको उनले बताएका छन् ।

संविधानसभाबाट संविधान जारी गर्ने र सेना समायोजनको काम सम्पन्न भइसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन घटनाको सत्य तथ्य छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिनले काम गरिरहेको उनले बताएका छन् ।

द्वन्दकालका घटनाहरुको छानबिन गर्नु सरकारको मात्रै मामला नभएर राज्यका हरेक निकाय र राजनीतिक दलहरु एकताबद्ध हुनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस