कोरम नपुगेर संसदीय सुनुवाइ समितिको बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरम नपुगेर संसदीय सुनुवाइ समितिको बैठक स्थगित


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको हो ।

संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । बैठकमा कोरम पुग्न आठ सदस्य चाहिन्छ । तर बैठकमा ‘पाँच÷सात जनामात्रै’ सदस्य उपस्थित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस