कास्कीमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्कीमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न


५ मंसिर २०७८, आइतबार


कास्की । यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।

उनका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभए पनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।उनले भने, ‘पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसार नै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रूपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस