काँग्रेस अधिवेशन: सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस अधिवेशन: सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन


५ मंसिर २०७८, आइतबार


कर्णाली । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख) मा भूपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मङ्सिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिए । जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस