अमेरिका, भारत र बेलायतमा प्रस्तावित राजदूतहरुको सुनुवाइ हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिका, भारत र बेलायतमा प्रस्तावित राजदूतहरुको सुनुवाइ हुँदै


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले तीन देशका प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्दै छ ।

भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्न लागिएको हो ।

गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

आज बिहान ११ बजेदेखि तीन चरणमा समितिको सुनुवाइका लागि बैठक बस्दै छ । पहिलो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी खोल्ने र प्रस्तावित व्यक्तिहरुबाट प्राप्त कार्ययोजना वितरण गरिने र दोस्रो बैठकमा प्रस्तावित राजदूतहरुका सम्बन्धमा सूचना वा उजुरीकर्तासँग छलफल गरिने भएको छ ।

तेस्रो बैठकमा राजदूतमा प्रस्तावित व्यक्तिहरुलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्ययोजना बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस