पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु


५ मंसिर २०७८, आइतबार


बालक

वीरगञ्ज । पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–६ माधवपुर बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको हो ।

शनिबार राति साढे ८ बजे ना६त ५०४५ नं।को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो ।

उपचारको क्रममा राति साढे ९ बजे अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस