आज देशका केहि स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आज देशका केहि स्थानमा हल्का वर्षादेखि हिमपातको सम्भावना


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यता, सोमबार प्रदेश १ को पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ को पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस