सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस लमहीमा दुर्घटना हुँदा २९ जना घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस लमहीमा दुर्घटना हुँदा २९ जना घाइते


५ मंसिर २०७८, आइतबार


दाङ । दाङको लमहीमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नाम ठेगाना भने खुलेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस