लुम्बिनी प्रदेश सरकारले शैक्षिक सुधार कार्यक्रम ल्याएको छ : मुख्यमन्त्री केसी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश सरकारले शैक्षिक सुधार कार्यक्रम ल्याएको छ : मुख्यमन्त्री केसी


४ मंसिर २०७८, शनिबार


पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबै बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक सुधार ल्याएको बताएका छन् । चक र डस्टरको प्रयोग गरी पठनपाठन गराउने चलन हटाएर प्रविधिमैत्री रुपमा पठनपाठन गर्न सरकारले शैक्षिक सुधार कार्यक्रम सुरुआत गरेको उनले बताए ।

शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक क्षेत्रमा सुधार गरी बालबालिकाको अध्ययन गर्ने अधिकारलाई सुनिश्चित गर्ने उनले बताए । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलन मुख्यमन्त्री शाहीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्र विद्यार्थीलाई खोपको व्यवस्था गरी कोभिड जोगाउने सरकार दायित्व रहेको बताए ।

उनले कोभिडकै कारण विद्यालयहरू लमो समय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भए पनि अब नियमित रुपमा सञ्चालन हुने गरी खोपको व्यवस्था गरिएको बताए । उनले पाल्पा प्राकृतिक हिसाब सुन्दर रहे पनि व्यवस्थापन पक्ष सुन्दर हुन नसकेको बताए । उनले पाल्पा पर्यटक आकर्षणका लागि उपयुक्त क्षेत्र रहे पनि प्राप्त मात्रामा पर्यटक ल्याउन नसकेको उनले बताए ।

पाल्पा आफैँमा ऐतिहासिक भूमि रहे पनि यसको प्रचारप्रसार हुन नसकेको उनले बताए । प्रदेश सरकारको महत्वपूर्ण योजनाका रुपमा रहेको रामपुर रोल्पा सडकले यस क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान रहने उनले बताए । त्यस आयोजनाको काम निरन्तर रुपमा भइरहेको समेत मुख्यमन्त्री केसीको दाबी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस