मालपोत कार्यालयका हेल्प डेक्सलाई चुस्त राख्न सचिव पाण्डेको सुझाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मालपोत कार्यालयका हेल्प डेक्सलाई चुस्त राख्न सचिव पाण्डेको सुझाव


४ मंसिर २०७८, शनिबार


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले जग्गा प्रशासनका क्षेत्रमा धेरै सुधार भएको बताएका छन् । उनले मालपोत तथा भूमिसुधार कार्यालयले दिने सेवामा धेरै सुधार आएको बताउँदै अझै धेरै सुधार गर्न बाँकी रहेको उल्लेख गरे ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले बुधवार कलङ्कीमा गरेको अनलाइन धितो रोक्का/रोक्का फुकुवा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सचिव पाण्डेले कार्यालयहरूमा अब छिट्टै टोकन सिस्टम लागु हुने बताए । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्दै फेसलेस र पेपरलेस बनाउँदै स्मार्ट सर्भिस डेलिभरी गर्नु पर्ने उनको भनाइ छ ।

जग्गा प्रशासन क्षेत्रमा सूचना प्रविधिको प्रयोगले सेवा प्रवाहमा सहजता ल्याएको उनले बताए । ‘पहिलेको तुलनामा अहिले कामको भोल्युम बढेको छ । सूचना प्रविधिको प्रयोग गरेर काम गर्नु पर्ने छ’, उनले भने, ‘अनलाइन जग्गा रोक्का फुकुवा प्रणाली लागू भएपछि कार्यालयमा भिडभाड घट्ने छ ।’ सचिव पाण्डेले मालपोत तथा भूमिसुधार कार्यालयका हेल्प डेस्कलाई चुस्त बनाउन सुझाएका छन् । उनले सेवाग्राही कार्यालय प्रवेश गरेपछि पहिलो पटक हेल्प डेस्कमा पुग्ने भएकाले कार्यालयका हेल्प डेस्क प्रभावकारी हुनु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस