२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझैँ सुरु भएन भेरी पम्पिङ आयोजना

अ+ अ-

कर्णाली । निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइका कारण भेरी पम्पिङ आयोजना प्रभावित भएको छ ।

दसैँअघि टेण्डर आह्वान गर्ने भनिए पनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेकाले आयोजना निर्माणमा ढिलाइ भएको हो ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भइसकेको छ । प्रदेश राजधानी सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो । चार वर्षदेखि अध्ययन थालिए पनि आयोजना निर्माणको चरणमा भने प्रवेश गरेको छैन ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इञ्जिनीयर सुरत बमले लगानीको सुनिश्चितता भए पनि आयोजनाको दिगो व्यवस्थान पक्षको टुङ्गो लाग्न बाँकी रहेको बताए । ‘विश्व बैंकले आयोजना सञ्चालनको दिगोपनाबारे सुनिश्चितता खोजेको छ’, उनले भने, ‘कानूनी आधार, सञ्चालन तथा व्यवस्थापनलगायतका विषयमा टुङ्गोमा पुग्न आवश्यक छ ।’

हाल सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाले आयोजनाका लागि व्यवस्थापकीय सहयोग गर्दै आएको छ । यस संस्थालाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कूलमणि देवकोटाले आगामी ३० वर्षसम्म बढ्नसक्ने जनसङ्ख्यालाई आधार मानी आयोजना निर्माण गर्न लागिएको बताए ।

‘आयोजना निर्माणमा अब कुनै द्विविधा छैन, डिपिआर र अन्य अध्ययनका काम सम्पन्न भइसके, अब संस्था सञ्चालनको मोडालिटीबारे छिटै टुङ्गोमा पुग्छौँ’, उनले भने, ‘लगानीको स्रोत जुटिसकेकाले अब जग्गा प्राप्तिसँग जोडिएका केही काम पूरा हुनासाथ निर्माण प्रक्रियामा आयोजना अघि बढ्छ ।’

आयोजनाको भौतिक संरचना निर्माण गर्ने स्थानमा वन क्षेत्रले ओगटेको छ । आयोजना निर्माणका लागि विश्व बैंकले ७० प्रतिशत र नेपाल सरकारले ३० प्रतिशत खर्च बेहोर्ने छ । पहिलो चरणमा संरचना निर्माणका लागि तीन अर्ब २३ करोड लागत अनुमान छ ।

जसअन्तर्गत मुहान इन्टेक, रिर्जब ट्याङ्की, पाइपलाइन निर्माण र दोस्रो चरणमा सेवा विस्तारका काम हुनेछन् । आयोजनाका निर्माणका लागि छ अर्ब लाग्ने अनुमान छ ।

भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरी अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार भेरीको पानी ४०० मिटरमाथि प्रशोधन गर्ने ट्याङ्कीमा खसालेपछि त्यसबाट अमृतडाँडासम्म सात किलोमिटर लामो पाइप बिछ्याइनेछ ।

५५० मिलिमिटर वा सोभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्याङ्कीसम्म जडान गरिनेछ । त्यहाँ बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । हाल सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ भने अझै १८ हजार धारा अपुग रहेको बताइएको छ ।