सिन्धुपाल्चोककाे दुर्घटनामा एकको मृत्यु, एक जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिन्धुपाल्चोककाे दुर्घटनामा एकको मृत्यु, एक जना घाइते


४ मंसिर २०७८, शनिबार


सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबिचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै गरेको बा०३१प०५८४ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटर साइकलमा सवार आशिष् श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलिखेलतर्फ पठाइएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

बिहान ८ बजे सो घटना भएको प्रत्यक्षदर्शी दुर्गा श्रेष्ठले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि धुलिखेल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस