मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग


४ मंसिर २०७८, शनिबार


तनहुँ । सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ ।

आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब एक वर्ष अघि दुर्घटनामा परी घाइते थारुको उपचार खर्च नहुँदा घरमा ल्याएर राखिएको थियो ।

लोक गायक एवं स्थानीय युवा समाजसेवी शङ्कर पन्तको सक्रियतामा कतारमा रहेका नेपालीलाई सहयोगको लागि आग्रह गरेपछि दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो । उपचारार्थ हालसम्म रु एक लाख २५ हजार खर्च भइसकेको पन्तले जानकारी दिए ।

कतारमा रहेर आर्थिक सङ्कलन गरेका करिम बक्स मियाँले थारुको अवस्थापश्चात् पठाइएको दुई लाखमध्ये उपचारमा खर्च भएर अब ७५ हजार खातामा रहेको बताए । बर्दियाको न्याउलापुर घर भई हाल मजदुरी कामको सिलसिलामा तनहुँको शुक्लागण्डकी नगरपालिकामा अस्थायी रुपमा थारु परिवार बसोबास गर्दै आएको थियो ।

घाइते थारुको एक छोरीलाई कक्षा १२ सम्म शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमूनिदेव माध्यमिक विद्यालयमा निःशुल्क पठनपाठननको व्यवस्था मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस