२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन सकेन: कामपा

अ+ अ-

काठमाडौँ । स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको बताइएको छ ।

विगत तीन वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म नयाँ शौचालय निर्माण काम पनि भएको छैन भने अर्कातिर भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन । यसको दोष काठमाडौँ महानगरपालिकाले स्थानीय बासिन्दालाई थुपारेको छ ।

विश्व शौचालय दिवसका अवसरमा आयोजित कार्यक्रममा कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले ‘सार्वजनिक शौचालय भन्नेबित्तिकै गन्ध आउँछ भन्ने बुझाइ छ । उनले विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको नकारात्मक बुझाइका कारण नयाँ शौचालय निर्माणको काम अघि बढ्न नसकेको बताए ।

प्रवक्ता डङ्गोलले अब निर्माण हुने शौचालय प्रविधियुक्त र वातावरणमैत्री हुने भन्दै यसका लागि स्वयम्भू र बानेश्वरमा परीक्षण सुरु गरिसकेको जानकारी दिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्यले सरकारले खानेपानी र सरसफाइका लागि विनियोजन गर्ने बजेट बढ्न नसकेकाले पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको उल्लेख गरे ।

नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरे पनि १० प्रतिशत नागरिकले अझै खुलारुपमै दिसा र पिसाब गरिरहेको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस