गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।

भेटमा सहायक विदेशमन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए। त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले नेपालको कोभिड विरुद्धको लडाईँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिनुभएको थियो । उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनउत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल भ्रमण गरेकोमा सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस