आन्दोलनको नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारले बोलायो बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आन्दोलनको नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारले बोलायो बैठक


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ ।

बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ९० वटा बारका इकाईहरूले आन्दोलनमा नै आउन तयार रहेको बताइरहेकाले अब उनीरूलाई बोलाउने विषयमा पनि कुरा हुनसक्ने बताए ।

उनका अनुसार अब आन्दोलन उच्च अदालत स्तरमा पनि विस्तार हुने र नागरिक समाजसहित अन्य पेसागत संगठनहरू समेत आन्दोलनमा जोडिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस