सर्वोच्चमा आजका लागि तोकियो दश इजलास « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सर्वोच्चमा आजका लागि तोकियो दश इजलास


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतमा आज (शुक्रबार)का लागि दश इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि एउटा एकलसहित नौ संयुक्त इजलास तोकेका छन् ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

न्यायाधीश द्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाँल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोकेका छन् ।

साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस