निर्णायक आन्दोलनको चेतावनीसँगै सर्वोच्चमा कडा सुरक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्णायक आन्दोलनको चेतावनीसँगै सर्वोच्चमा कडा सुरक्षा


३ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गरी आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आज ‘निर्णायक’ आन्दोलनको चेतावनी दिइरहँदा सर्वोच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरीको उल्लेख्य तैनाथ गरिएको छ । बारले प्रधानन्यायाधीशलाई राजीनामा दिनका लागि आजसम्मको अल्टिमेटम दिएको थियो ।

कार्यकक्ष प्रवेश रोक्ने भन्दै सर्वोच्च प्राङ्गणमा झन्डै एक महिनादेखि दिनहुँ प्रदर्शन हुने गरेको भए पनि प्रधानन्यायाधीश जबरा भने वैकल्पिक द्वारको प्रयोग गरी कार्यालय प्रवेश गरिरहेका छन् ।

प्रधानन्यायाधीशले न्यायलयको विकृति, विसङ्गति र भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बारले राजीनामाको बटम लाइनसहित आन्दोलन सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस