यादव, टिंकरी र लोहनी १२औँ तहमा बढुवा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यादव, टिंकरी र लोहनी १२औँ तहमा बढुवा


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । डा. श्यामसुन्दर यादव, डा. भिमसिंह टिंकरी र गुणराज लोहनी १२औँ तह(प्रमुख विशेषज्ञ)मा बढुवा भएका छन्।

बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले यादव, टिंकरी र लोहनीलाई १२औँ तहमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, चौथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा. सङ्गीता मिश्र र पाँचौँ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीको नाम १२औँ तहका लागि सिफारिस गरेको थियो।

सम्बन्धित समाचार : स्वास्थ्यतर्फ १२औँ तहका लागि पाँच जनाको नाम सिफारिस

मन्त्रिपरिषद्ले पाँच जनामध्ये तीन जनालाई १२औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस