न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड, ५ बजेका लागि डाकियो बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड, ५ बजेका लागि डाकियो बैठक


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले साथ दिने भएको छ ।

जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

आज बिहीबार साँझ ५ बजे महासङ्घको कार्यालयमा पापडको बैठक डाकिएको नेपाल पत्रकार महासङ्घ अध्यक्ष विपुल पोखरेलले बताए । सो बैठकले बारले जारी राखेको आन्दोलनका विषयमा निर्णय गरेर अघि बढ्नेछ ।

पापडमा नेपाल बार, पत्रकार महासङ्घ, नेपाल प्राध्यापक सङ्घ, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल चिकित्सक सङ्घ आबद्ध छन् । यी सबै सङ्गठनले यसअघि सर्वोच्चमा भइरहेको आन्दोलनका विषयमा चासो राख्दै विज्ञप्ति जारी गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस