सर्वोच्चका न्यायाधीशहरुको छलफल सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वोच्चका न्यायाधीशहरुको छलफल सुरु


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ ।

सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो ।

यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी भएको छ ।

फुलकोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उनले हस्ताक्षर गर्ने तयारी रहेको बताइएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीश रहेकामा बिहीबार १८ जना उपस्थित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस