प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ ।

विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो ।

बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी रहेको नेपाल बारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस