सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच झडप हुँदा दुईजना घाइते


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ।

झडपमा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकका हुन् । घाइते महर्जनलाई न्युरो अस्पताल लैजाने तयारी भएको छ।

प्रधानन्यायाधीशले वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च छिर्ने क्रममा उनलाई छेक्न गएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको हो ।

झडपपछि कानुन व्यवसायीहरुले दंगा प्रहरी र चोलेन्द्र शमशेर मुर्दा बाद भन्दै नाराबाजी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस