युगान्डाको राजधानीमा भएको आत्मघाती हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युगान्डाको राजधानीमा भएको आत्मघाती हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा


१ मंसिर २०७८, बुधबार



कम्पाला । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका छन् जसमा तीन आत्मघाती हमलाकारीसहित छ जनाको ज्यान गएको थियो ।’म युगान्डामा भएको घृणित आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछु।’

म पीडितका परिवारप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु, ‘गुटेरेसले ट्वीटमा लेखेका छन्। उनले थप टिप्पणी गर्दै’ यी आक्रमणमा संलग्न सबै व्यक्तिहरूलाई तुरुन्तै न्यायको दायरामा ल्याउनु पर्नेू धारणा राखेका छन् । युगान्डा प्रहरीले जनाएअनुसार मङ्गलबार बिहान एउटा प्रहरी चौकीको सुरक्षास्थल र सरकारी कार्यालयहरू भएको सडकमा भएका दुई विष्फोटमा पनि ३३ जना घाइते भएका छन् ।

युगान्डाले मध्य अफ्रिकामा इस्लामिक स्टेटसँग सम्बद्ध सहयोगी प्रजातान्त्रिक बलहरूलाई आक्रमणको दोष लगाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस