दुई सचिवको जिम्मेवारी फेरबदल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई सचिवको जिम्मेवारी फेरबदल


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । सरकारले दुई सचिवको जिम्मेवारी फेरबदल गरेको छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डेको फेरबदल गरेको हो । जसमा मन्त्रालयको पशुपन्छी विकासतर्फका सचिव शर्मालाई कृषि विकासमा सारेर पाण्डेलाई पशुपन्छी विकासको जिम्मेवारी दिएको हो ।

तत्कालीन कृषि विकास सचिव कृष्ण प्रसाद आचार्य अनिवार्य अवकाशमा गएसँगै कृषि विकासतर्फ रिक्त रहँदै आएको थियो । कृषि तथा वन सेवा तर्फ पाण्डेको केही दिन अघि मात्रै सचिवमा बढुवा गरिएकोमा उनलाई जिम्मेवारी दिइएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस