संस्कृतिविद् सत्यमोहन जोशीले पाए पहिलो ई-पासपोर्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संस्कृतिविद् सत्यमोहन जोशीले पाए पहिलो ई-पासपोर्ट


१ मंसिर २०७८, बुधबार



काठमाडौँ । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।

आज (बुधबार)देखि परीक्षण वितरण थालेको विद्युतीय राहदानी (ई–पासपोर्ट) त्रिपुरेश्वरस्थित राहदानी विभागको सभा हलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी दिएका हुन् ।

हाल चल्तीमा रहेको मेसिन रिडेबल (एमआरपी) पासपोर्टलाई विस्थापन गर्नेगरी सरकारले आज (मंसिर १ गते) देखि विद्युतीय पासपोर्ट परीक्षण वितरण थालेको हो । तेस्रो पुस्ताको यो राहदानीलाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ) ले सुरक्षित मान्यता दिएको छ ।

आजबाट परीक्षण वितरण थालिए पनि राहदानी विभागले विद्युतीय पासपोर्ट वितरण कार्य एक साताभित्रै नियमित र पूर्ण सेवामा परिणत गर्ने जनाएको छ । अत्यावश्यक परेका र एमआरपीलाई बनाउन चाहनेलाई भने विभागले विद्युतीय राहदानी वितरण नियमित नभएसम्म एमआरपी पासपोर्ट नै उपलब्ध गराउने छ ।

मन्त्रालयका अनुसार विद्युतीय राहदानी एक घन्टामा १ हजार थान उत्पादन गर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस