५० भाेटसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५० भाेटसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत


१ मंसिर २०७८, बुधबार



काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा आज भएको मतदानमा ५० मतसहित मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस