रुपन्देहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुपन्देहीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ


१ मंसिर २०७८, बुधबार


रुपन्देही । प्रहरीले तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दीप थापा रहेका छन् ।

पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस