आजदेखि ई–पासपोर्ट जारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आजदेखि ई–पासपोर्ट जारी


१ मंसिर २०७८, बुधबार


काठमाडौँ । सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गरेको छ ।

राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने भएका छन् ।

ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओ ले ई–पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गरिरहेको छ । अब ई–पासपोर्ट वितरण सुरु हुने बताइएको छ ।

विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई–पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ ।

एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।

ई पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस