कर्णाली प्रदेशका नवनियुक्त कृषिमन्त्री शाहीले लिए शपथग्रहण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णाली प्रदेशका नवनियुक्त कृषिमन्त्री शाहीले लिए शपथग्रहण


१ मंसिर २०७८, बुधबार


कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलवार शपथग्रहण गरेका हुन् ।

शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलवार नियुक्त गरेका थिए । मुख्यमन्त्रीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।

मन्त्री शाहीले मङ्गलवार नै पदबहाली गरेका छन् । सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो ।

मन्त्री शाही नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेशसभाका सदस्य हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस