शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शताब्दी पुरुष सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ ।

मङ्गलवार गृह सचिव टेकनारायण पाण्डे जोशीकै ललितपुर, मंगलबजारस्थित निवासमा पुगेर परिचयपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले सरकारले महत्त्वपूर्ण परिचयपत्र प्रदान गरेकोमा धन्यवाद दिँदै राष्ट्रिय परिचयपत्रलाई सबै सेवा सुविधामा प्रयोग गर्न मिल्ने व्यवस्था गरी शीघ्र अनिवार्य गर्न अनुरोध गरेका छन् ।

परिचय पत्र वितरण कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अजिरमान जोशी लगायतका विभागका कर्मचारीको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस